दाङ: दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिइन् ।
"हाम्रो वडा नं ११ मा १३८ जना बालबालिकामा कुपोषण देखिएको छ । तर ४७ जना मात्रै सम्पर्कमा हुनुहुन्छ, अन्य बालबालिकाहरु कता हुनुहुन्छ, हामी कहाँ सम्पर्कमा आउनुभएको छैन । उनले भनिन् । ४७ जनामध्ये निको भएका १३, डिफल्टर अर्थात् उपचार गर्दा गर्दै आउन छोडेका २२, अन्य अस्पतालमा थप उपचारका लागि पठाएका सात तथा औषधि खाइरहेका पाँच जनाको तथ्याङ्क प्रस्तुत गरिएको थियो । २०७४ साल चैत ७ गतेदेखि २०७६ जेठ २७ गतेसम्मको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा कूल ६ हजार ९०८ जना बालबालिका रहेका स्वास्थ्य महाशाखा तुलसीपुरले जानकारी दिएको हो ।
एघार वटा वडाको केन्द्र टरिगाउँ केन्द्रमा अझै ९१ जना कुपोषित बालबालिका सम्पर्कमा आउन नसकेको बताइन् । बाँकी आठ वटा वडाको केन्द्र मानपुरमा पनि कुपोषित बालबालिकाहरुको सङ्ख्या रहेको उनको भनाइ छ । कुपोषित बालबालिकाको यो सङ्ख्या चिन्ताजनक रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताएन्अ, हिले एउटै वडामा देखिएको यो कुपोषणको समस्या निकै चिन्ताजनक विषय हो ।
कुपोषणमा लागेका बालिकाहरु सम्पर्कमा नआउनुका कारण अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ छ । यसरी बालबालिका सम्पर्कमा नआउने अवस्था रहनुमा प्रोत्साहनको कमी हुन सक्ने यसका लागि अभिभावकलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६