अछाम : आफ्नै ५५ वर्षीय बाबु मिने ढोलीलाई चिर्पट दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा चौरपानी गाउँपालिका-५ लुङ्ग्रा बस्ने ३० वर्षीय प्रेम ढोलीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
चिर्पटको चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जनाइएकाे छ । प्रहरी चौकी वैधनाथबाट खटिएको प्रहरीले प्रेमलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६