काठमाडौं : २९ जेठ बैंकिङ कसुरका फरार प्रतिवादी ललितपुर महानगरपालिका-१४ कुसुन्ती बस्ने पाँचथर फिदिम गाउँपालिका-२ घर भएका ४५ वर्षीय ईश्वर बास्कोटालाई बुधबार काठमाडौं बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत, पाटनको २०७६ वैशाख १० गतेको फैसलाले १ महिना कैद र ४ लाख १० हजार लगत कसी असुल उपर गर्नु, ४ लाख १० हजार जाहरेवालालाई विगो भराई दिनु र ४ लाख १० हजारको ४ प्रतिशतले हुन आउने रकम १६ हजार ४ सय अपराध पीडित कोषमा जम्मा गर्नु भन्ने फैसला भई फरार रहेका बास्कोटालाई महानगरीय अपराध महाशाखाको प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६