काठमाडाैं : सगरमाथा आरोहण सुरु भएको ६६ वर्ष पुरा भइसकेको छ । ६६ वर्षको वसन्त याममा ६ सय ५९ जनाले सगरमाथाको शिखर चुमेका छन् ।
गत वर्षको वसन्त यामको तुलनामा ९९ सय बढीले सगरमाथा आरोहण गरेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताइन् । निर्देशक आचार्यका अनुसार गत वर्षको वसन्त याममा पाँच सय ६० जनाले आरोहण गरेका थिए ।
यसपटकको वसन्त याममा तीन सय ८१ जनाले सलामी दस्तुर तिरेर सगरमाथा आरोहणको अनुमति लिएका थिए । यीमध्ये २ सय ८१ ले मात्रै आरोहण गरेका छन् । साथै आरोहण सहयोगीको रुपमा जाने तीन सय ७८ सहयोगी शेर्पाहरूले पनि सगरमाथा आरोहण गरेका हुन् ।
स्वदेशी र विदेशी आरोही तथा शेर्पासहित यसपटकको वसन्तकालीन याममा ६ सय ५९ ले सगरमाथा आरोहण गरेका हुन् । पर्यटन विभागका अनुसार यस वर्षको वसन्त याममा पाँच सय ९४ पुरुष र ६५ महिला छन् ।
पर्यटन विभागको तथ्याङ्क अनुसार ६६ वर्षको अवधीमा पाँच हजार नौ सय ६२ जनाले आरोहण गरिसकेका छन् । सर्वोच्च शिखर सगरमाथाको आरोण सन् १९५२ मे २९ बाट सुरु भएको हो ।
सन् १९५३ मा दुई जनाले सगरमाथा आरोहण गरेको तीन वर्ष पछि स्विजरल्याण्डका पाँच जनाले सन् १९५६ मा आरोहण गरे । त्यस्तै सन् १९६० मा चीनका तीनजनाले आरोहण गरेका थिए । सन् २०६३ मा आठ जनाले सगरमाथा आरोहण गरेका थिए । यसरी तथ्याङ्कअनुसार हरेक वर्ष आरोहणप्रतिको आर्कषण बढ्दो क्रममा रहेको छ ।
याे पनि:-
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६