ताप्लेजुङ : आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेकाे अभियाेगमा एक जना पक्राउ परेका छन् । ४५ वर्षीया श्रीमती जामु शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा मैवाखोला गाउँपालिका-५ खानी गौंडा बस्ने ४५ वर्षीय फुर्वा दोर्जी शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरी चौकी साँघुबाट खटिएको प्रहरीले फुर्वालाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते जामुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६