उत्तर कोरियाली नेता किम जोंग उनले एक सेनापतीलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् ।
डेली स्टारको खबर अनुसार सेनापतीलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो । ती सेनापतीमाथि सत्ता पलटको कोसिसको आरोप लगाइएको थियो । सजायको यो तरिका सन् १९७७ मा रिलिज भएको जेम्स बन्डको फिल्म ‘द स्पाइ हु लभ्ड मी’ बाट प्रेरित भएको बताइन्छ ।पिरान्हा माछाले मानिसलाई समेत खान्छ भनिन्छ ।
सेनापतीलाई ट्याङ्कीमा फ्याँक्नु अघि उनको दुईटै हात काटिएको पनि डेली स्टारले बताएको छ । सेनापतीलाई माछाले मार्यो वा उनको मृत्यु घाउका कारण वा डुबेर भएको भन्ने कुनै स्पष्ट जानकारी भने छैन ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६