पर्सा : कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बहुदरमाई नगरपालिका-८ रामनगरी बस्ने २७ बर्षीय प्रजा सहनीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
२०७५ चैत १८ गते पर्सा रामनगरीका हरेन्द्र गिरीको गहुँ खेतमा सोही ठाउँ बस्ने ५६बर्षीय किशोरी सहनीलाई कर्तव्य गरी हत्या गरेर फरार रहेका प्रजालाई जिल्ला प्रहरीकार्यालय पर्सावाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका-१ छप्कैयास्थित नेपाल भारतको सीमानामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६