विशवविजेता फ्रान्सले एन्डोरामाथि ४–० को प्रभावशाली जित हात पारेको हो । एन्डोरामा मंगलबार राति भएको खेलको ११औं मिनेटमा एमबाप्पेको गोलमा फ्रान्सले अग्रता बनाएको थियो । उनले एन्टोइन ग्रिजमनले गोल गरे । ३० औं मिनेटमा विसम विन यडरले फ्लोरियन थाउभिनको पासमा गोल गरेपछि फ्रान्सले २–० को अग्रता बनायो ।
पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा एमबाप्पेको पासमा फ्लोरियले गोल गरेपछि फ्रान्सले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भएको थियो । ६०औं मिनेटमा कुर्ट जौमाले गोल गर्दै फ्रान्सलाई ४–० को फराकिलो जित दिलाए ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६