काठमाडाैं : बुधबार देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
विभागका अनुसार पूर्वी तथा मध्य भूभागका थाेरै स्थानमा र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
जेठ २९ गते बुधबार
दिउँसो: देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। पूर्वी तथा मध्य भूभागका थाेरै स्थानमा र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभरि नै आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य भूभागका एक-दुई स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
जेठ ३० गते बिहीबार
दिउँसो: देशभरि नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशको पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थान र पश्चिमी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ ३१ गते शुक्रबार
दिउँसो: देशभरि नै आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशको पूर्वी भूभागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। पूर्वी तथा मध्य भूभागका एक-दुई स्थानमा र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६