पर्सा : प्रहरीले वीरगंज महानगरपालिका-१५ भानु चोकबाट २५ तोला चाँदीसहित दुई जनालाई पक्राउ गरेकाे छ । कोल्वी नगरपालिका-१ बस्ने २४ वर्षीय अनिल रामदाम र १८ वर्षीय जिवन रामदामलाई सोमबार दिउँसो पक्राउ गरेको हाे ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले टोलीले कलैयाबाट वीरगंज बसपार्कतर्फ जाँदै गरेको बा.९६ प १९११ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक अनिलको साथबाट उक्त चाँदी फेला पारी र मोटरसाइकलमा सवार जिवन समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६