मोरङ : विराटनगर महानगरपालिकाको एक होटलबाट भारतीय एक युवकलाई दुइवटा पेस्तोलसहित पक्राउ गरेको छ। भारतको सीतामणि घर भएका २२ वर्षिय कुणालकुमार सिंहलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो।
पक्राउ परेका सिंहको साथबाट एकथान चाइनिज र अर्को एकथान कटुवा पेस्तोल बरामद भएको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । सिंह पक्राउको समय दुवै पेस्तोलमा चार राउण्ड गोली पनि लोड भएको डिएसपी श्रेष्ठले बताए।
प्रहरीका अनुसार सिंहसहित अर्का एक ब्यक्तिपनि सोमबार दिउँसो १ बजेनै होटलमा कोठा बुक गरेर बसेका थिए। प्रहरीले गोप्य सुचनाको आधारमा होटलमा छापा मारेको थियो।
यद्पी अर्का व्यक्ति भने होटलमा नभेटिएको प्रहरीको भनाइ छ। प्रहरीले सो व्यक्तिको सन्दर्भमा पहिचान भने खुलाएको छैन।
प्रहरीले पेस्तोलसहित पक्राउ परेका भारतीय नागरिक हतियार कारोबारी भएको हुनसक्ने आशंका गरेको छ।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६