काठमाडौं : सोमबार राज्यव्यवस्था समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्नु पर्ने निर्देशन दिए सँगै आयोगको तयारीमा रहेका बिद्यार्थीहरु आज (मंगलबार) आन्दोलनमा उत्रेका छन् । लोकसेवा आयोगको तयारीमा रहेका बिद्यार्थीहरु आयोगको विज्ञापन रद्द हुने भएपछि आन्दोलनमा उत्रेका हुन् ।
सोमबार संसदको राज्यव्यवस्था समितिले लोकसेवाले स्थानीय तहका लागि खोलेको ९ हजार कर्मचारीको विज्ञापन रोक्न निर्देशन दिएको थियो । काठमाडौंको माइतीघरदेखि जुलुस लिएर नयाँबानेश्वरसम्म पुगेका उनीहरुले राज्य व्यवस्था समितिविरुद्ध र लोकसेवाको पक्षमा चर्का नाराबाजी गरेका छन् ।
संविधानविपरित भएको राज्यव्यवस्था समितिले नौ हजार कर्मचारीको विज्ञापन रोक्न निर्देशन दिने निर्णयविरुद्ध लोकसेवाका परीक्षार्थी आन्लोलनमा उत्रिएका हुन्। जुलुसमा सहभागीहरुले लोकसेवाको परीक्षा रोक्न नहुनेमा जोड दिएका थिए ।
राज्य व्यवस्था समितिले सोमबार जेठ १५ गते लोकसेवाले खुलाएको विज्ञापन रोक्न सरकार र लोकसेवालाई निर्देशन दिने निर्णय गरेको थियो।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६