काठमाडाैं : सडकको अवस्था नाजुक भएको भन्दै आन्दोलनमा उत्रिएका कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५ थलीका स्थानीयबासीले आन्दोलन फिर्ता लिएका छन् । नगर उप-प्रमुख बिन्दु सिंखडा पुडासैनीसँको लिखित सम्झौतापछि स्थानीयले आन्दोलन फिर्ता लिएका हुन् ।
हिलो सडकमा कालो माटो बिच्याएर झनै असहजता पैदा गरेको भन्दै आज बिहान आन्दोलनमा उत्रिएका स्थानीयहरुले कुनै पनि सवारी साधन चल्न दिएका थिएनन् । त्यस्तै केही समय पसल पनि बन्द गरेका थिए ।
सोमबार कसले कालो माटो बिच्छ्यायो मलाई थाहा भएन् । केही स्थानीयकै कारण हामीले मुद्दा पनि खेपिरहेका छौँ । उपमेयर सिंखडाले भनिन्, यो नगरपालिकाका लागि मात्र नभएर राष्ट्रिय आयोजनाकाे बाटो भएकाले बन्नुपर्दछ भनेर लागिरहेका छौँ ।
हिजो हालेको कालो माटो निकाल्ने काम सुरु भएको छ । एकहप्ताभित्र बाटो सम्म पार्ने र त्यसपछि कालो पत्रेको लागि पहल गर्ने सहमतिपछि उहाँहरुले आन्दोलन फिर्ता लिनुभएको छ , उनले भनिन् ।
यस्ताे छ सहमति :
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६