काठमाडौंः बाटो मर्मत नभएपछि कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५ थली, काठमाडौंका स्थानीयबासी सडकमा गाडी तेर्स्याएर आन्दोलनमा उत्रेका छन् ।
आज बिहानैदेखि उनीहरुले कुनै पनि सवारी साधन चल्न दिएका छैनन् भने पसलहरू पनि बन्द गरेका छन् ।
उनीहरूले बाटो कहिलेसम्म बन्छ भनेर उपमेयर बिन्दु सिंखडा पुडासैनीसँग लिखित प्रतिबद्धता मागेर कार्यालयमा धर्नासमेत दिइरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६