काठमाडाैं : मंगलबार देशभरि नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हेर्नुहाे् आगामी तीन दिनकाे माैसमी अनुमान :
जेठ २८ गते मंगलबार
दिउँसो: देशभरि नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशको पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
जेठ २९ गते बुधबार
दिउँसो: देशभरि नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभरि नै आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ ३० गते बिहीबार
दिउँसो: देशभरि नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशको पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६