युरोकप छनोटमा पोल्यान्डले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा पोल्यान्डले इजरायलमाथि ४–० को शानदार जित हात पारेको हो ।
घरेलु मैदान वार्सजावामा पोल्यान्डको शानदार जितमा क्रेजिस्टोफ पियाटिक, रोवर्ट लेवान्डोस्की, कामिल ग्रोसिकी र डामियन काड्जियरले गोल गरे । खेलको ३५औं मिनेटमा क्रेजिस्टोफ पियाटिकले तोमास्ज काड्जिओराको पासमा गोल गरेपछि पोल्यान्डले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५६औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनायो ।
त्यसको दुई मिनेटपछि नै कामिल ग्रोसिकीले गोल गर्दै पोल्यान्डलाई सहज जिततर्फ अघि बढाए । ८४औं मिनेटमा डामियन काड्जियरले गोल गर्दै ४–० को जित पक्का गरे ।
जितसँगै समूह ‘जी’ मा पोल्यान्डमा ४ खेलमा अपराजित रहेर १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६