कपिलवस्तु : आफ्नै श्रीमतीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका-१ बुङ्ची बस्ने ४९ वर्षीय अगमान चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले ३९ वर्षीया श्रीमती गीता चौधरीलाई इँटा प्रहार गरी हत्या गरेको जनाइएकाे छ ।
मादक पदार्थ सेवन गरेका अगमानले सामान्य विवादका कारण गीतालाई इँट्टा प्रहार गरी घाइते बनाएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते गीताको प्रादेशिक लुम्बिनी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६