भोजपुर : भोजपुरको पूर्वमा रहेको अरुण गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिकाभित्र रहेका सात वटा माध्यमिक विद्यालयमा अध्ययरत छात्रछात्राको सहभागितामा प्रतियोगिता सुरु भएको गाउँपालिकाले जनाएको छ । अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको शारदा माविमा प्रतियोगिता सञ्चालन भएको हो ।
गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष विनिता ढकालको विशेष आतिथ्यमा कार्यक्रम सुरु भएको हो ।
प्रतियोगितामा कटका मावि, चम्पे मावि, शारदा मावि, अरुणोदय मावि, विश्वप्रेमी मावि, महेन्द्रोदय मावि र सगरमाथा मावि गरी सात वटा विद्यालयले एथेलेटिक्स, हाइजम्प, लङजम्प, लगायतका प्रतियोगितामा सहभागिता जनाउने अरुण गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज कार्कीले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६