रुपन्देही : बुटवल बस्ने १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने ३७ वर्षीय बिष्णु प्रसाद कुवरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिगत केही समयदेखि बालिकालाई पटकपटक जबरजस्ती करणी गर्दै आएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कुवरलाई सोही ठाउँस्थितबिनापाते भन्ने स्थानबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६