काठमाडाैंं : भारतीय टेलिभिजन च्यानल जिटिभी बाट प्रसारण हुँदै आएको रियालिटी शो सारेगमप लिटल च्याम्प्स मा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।
आइतबार फाइनलमा इटहरी-५ का एघार वर्षीय प्रितम आचार्य तेस्रो भएका हुन्। टप ६ मा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने चौथो भएका छन् । यो प्रतियोगिता सुगन्धा दातेले जितेकी छन् भने दोस्रो मोहम्मद कैफ भए ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६