विराटनगर : एक किशोरीलाई विवाह गर्ने आश्वासन देखाई जबरजस्ती करणी गर्ने एक युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका ती युवकलाई जबरजस्ती करणी कसूरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका वडा नम्बर १२ घर भई विराटनगरस्थित सोमबारे हाटनजिकै डेरा गरी बस्ने २५ वर्षीय विवेक भन्ने दिव्य पोद्धारले एक किशोरीलाई विवाह गर्ने प्रपञ्च रचेका थिए ।
सोही अनुसार पोद्धारले वैशाख ३ गते दिउँसो करिब साढे १२ बजे विराटनगर महानगरपालिका १६ की १६ वर्षीया ती किशोरीलाई प्रेम गर्छु भन्दै विवाहको आश्वासन देखाएका थिए ।
प्रहरीका अनुसार प्रेमको नाटक रची विवाह गर्ने भन्दै पोद्धारले ती किशोरीलाई वैशाख १० गते आफ्नै डेरामा बोलाई जबरजस्ती करणी गरेका थिए ।
ती किशोरीसँग सम्बन्ध हुनुपूर्व नै विवाहित रहेका पोद्धारको विरुद्धमा पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले निजलाई उनकै डेराबाट जेठ २३ गते पक्राउ गरेको थियो । पीडिक पोद्धारको आठ वर्षअघि नै विवाह भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६