काठमाडाैं : चितवनमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको ना १ क ६४११ नम्बरको ट्यांकर र गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख १४०४७ नम्बरको बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान साढे ११ बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अहिले दुबै साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६