एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले लगातार तेस्रो जित हात पारेको छ ।
शनिबार राती अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । १ सय ७३ रनको लक्ष्य न्युजिल्यान्डले ३२.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । न्युजिल्यान्डको सहज जितमा कप्तान केन विलियम्सन ७९ रनमा अविजित रहे ।
ओपनर मार्टिन गोप्टिल डक,कोलिन मुनरो २२,रोश टेलर ४८ रनमा आउट हुँदा टम लेथम १३ रनमा अविजित रहे । २६ ओभरको चौथो बलमा अफ्तव आलमले बोल्ड आउट गर्नु अघि टेलरले ५२ बलमा ६ चौका र १ छक्का प्रहार गरे । अफ्गानिस्तानका लागि अफ्तव आलमले ३ विकेट लिए ।
टस हारेर ब्याटिङ थालेको अफगानिस्तान ४१.१ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटियो । न्युजिल्यान्डका अलराउण्डर जेम्श निशमले ५ विकेट लिए । ल्योकी फग्र्युसनले ४ विकेट लिए । कालिन डी ग्राण्डहोमले १ विकेट हात पारे ।
न्युजिल्यान्डले आफ्ना् चौथो खेल आगमी विहीबार भारतसँग खेल्ने छ ।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६