काठमाडाैं : आइतबार देशका पूर्वी तथा मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
विभागका अनुसार देशका पूर्वी तथा मध्य भागका केही र पश्चिमी पहाडी भूभागका थोेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
त्यसैगरी आज राति देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रही पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी पहाडी भूभागका थोेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
विभागका अनुसार भाेलि सोमबार दिउँसो देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने सम्भावना छ ।
पूर्व तथा मध्य क्षेत्र तथा पश्चिमी केही भागमा मेघगर्जनसहित पानी पर्न सक्ने छ । भाेलि राति देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६