काठमाडाैं : आठौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०१९ मा आयोजकले फ्रान्सले शानदार सुरुवात गरेको छ। गएराती भएको समूह ए को उद्घाटन खेलमा फ्रान्सले दक्षिण कवरियालाई ४-० ले पराजित गरेको हो।
फ्रान्सको राजधानी पेरिसस्थित पार्क डे प्रिन्समा भएको खेलमा घरेलु टोलीका लागि वेन्डी रेनार्डले दुई तथा इगुएने ले सोमर र अमान्डिने हेनरीले एक- एक गोल गरे।
साविक विजेता समेत रहेको अमेरिकाले सर्वाधिक ३ पटक उपाधि जितेको छ भने जर्मनी दुई पटकको च्याम्पियन हो। नर्वे र जापानले १-१ पटक उपाधि जितेका छन्।
अहिलेसम्मको सबै सात संस्करण फाइनल खेलेको अमेरिका एक पटक उपविजेता तथा ३ पटक तेस्रो भएको थियो।
सन् १९९१ मा चीनबाट सुरु भएको महिला विश्वकपको सुरुवाती दुई संस्करणमा १२ टिमले भाग लिएका थिए। तेस्रो देखि छैटौँ संस्करणसम्म भने १६ टिमले प्रतिस्पर्धा गरेका थिए। गत संस्करणदेखि भने २४ टिमले प्रतिस्पर्धा गर्दै आएका छन्। विश्वकप जुलाई ७ सम्म फ्रान्समा सञ्चालन हुनेछ।
हेर्नुहाेस् फाेटाेमा : (तस्बिरः सिन्ह्वा)
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६