तेस्रो वरीयताका भेट्रान स्वीस रोजर फेडेररमाथि जित निकाल्दै दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा शुक्रबार राति भएको सेमिफाइनलमा नाडालले फेडेररलाई ३–० को सोझो सेटमा पराजित गर्दै फ्रेन्च ओपनको फाइनल प्रदेश गरेकाे हाे।
नाडालले फेडेररलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरेको हो । नाडाले ११ फ्रेन्च ओपन जितिसकेका छन् ।
नाडालले अब फाइनलमा शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच र अष्ट्रेलियन डोमिनिक थेइमको विजेतासँग खेल्नेछ ।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६