गण्डकी प्रदेश सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
गण्डकी प्रदेशले एपीएफ क्लबलाई ३–१ सेटले हराउँदै पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा आज भएको चौँथो संस्करणको सेमिफाइनल खेलमा गण्डकीले एपीएफलाई २५–२३, २१–२५, २५–२३ र २९–२७ अङ्कले हराएको हो ।
नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले र तीन लाख, उप–विजेतालेर एक लाख ५० हजार तथा तेस्रो हुने टोलीले ७५ हजार पुरस्कार प्राप्त गर्नेछ ।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६