काठमाडाैं : मदनबाबा भक्ति केन्द्रले केन्द्रीय कमिटी पुनर्गठन गरेको छ ।
संकटमोचन स्वरुप मदनबाबाको प्रमुख आतिथ्यमा काठमाडाैंमा आयोजित भेलाले ठाकुरप्रसाद श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।
भक्ति केन्द्रको उपाध्यक्षमा शारदा तिवारी र महासचिवमा महेशकुमार श्रेष्ठ चयन भएका छन । भेलाले दानबहादुर रावललाई कोषाध्यक्षमा चयन गरेको छ भने लोकेन्द्र कुवर, रेणु सिंह, शशि स्वार, शर्मिला श्रेष्ठ, सरस्वती श्रेष्ठ, मुन्नी चौधरी, सोममैया श्रेष्ठ, बद्रीबहादुर थापा र शकुन्तला श्रेष्ठ कार्यसमिति सदस्य चयन भएका छन् ।
यसैगरी भेलाले विक्रम श्रेष्ठ, राजन सैंजु, सुरेन्द्र श्रेष्ठ, सोमबहादुर थापा, भैरव रावल, माया शर्मा र कल्याणी श्रेष्ठलाई सल्लाहकार समिति सदस्य चयन गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६