काठमाडौं : युट्युब र अनलाइनमा नेपालीको ध्यान केन्द्रित हुँदै गर्दा नेपाली टेलिभिजनहरूमा रियालिटी शोको संख्या पनि बढेको छ ।
एपी १ वाट नेपाल आइडल प्रशारण भएसँगै फेरि एक पटक नेपाली टेलिभिजन शोको चर्चा हुन थाल्यो । त्यसलगत्तै यसको सिलसिला पनि अघि बढ्यो । यसबीचमा बुगी उगी, द भ्वाइस र को बन्छ करोडपति प्रसारणमा आए ।
यही क्रममा नेपाल आइडल सिजन १ र द भ्वाइस सिजन १ मा चिफ असिस्टेन्ट डाइरेक्टर रहेका विशाल भण्डारीले नयाँ रियालिटी शो ल्याउने तयारी गरेको बताएका छन् । कमेडी च्याम्पियनले यो शो होस्ट गर्नेछन् भने जजको विषयमा सल्लाह भइरहेको भण्डारी बताउँछन् ।
विशाल र रिमाले यसअघि नै नेपाल आइडलमा सहकार्य गरिसकेका छन् । यस पटक सोही सहकार्यकै निरन्तरता स्वरूप कमेडी जनरामा काम गर्ने यी दुईको जमर्को रहेको बताइएको छ ।
यो कमेडी च्याम्पियनले कमेडीका नयाँ स्टार जन्माउने विश्वास रहेको बताउँछन् विशाल । शोको निर्माण थ्री प्रोडक्सनले गर्नेछ, जसले यस अघि ३०० बढी म्युजिक भिडियो निर्माण गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६