काठमाडाैं : करिब चार केजी गाँजासहित काठमाडौं शंखमुल बस्ने ओखलढुङगा घर भएका संजित लामा लगायत सात जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले महानगरपालिका-३१ शंखमुल डेरा गरी बस्ने अनिल कार्कीको कोठाबाट उक्त अवैध लागूऔषध गाँजा पक्राउ गरेकाे हाे ।
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६