काठमाडौं : नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) को आयोजनामा ३१औँ जलयात्रा महोत्सव हुने भएको छ ।
नाराले हरेक वर्षझैँ यस वर्ष पनि धादिङको बैरेनीदेखि मलेखुसम्म त्रिशूली नदीमा भोलि शनिबार महोत्सव आयोजना गर्न लागेको हो । नाराका महासचिव शिव अधिकारीले नेपालको आन्तरिक र बाह्य पर्यटनको विकास, विस्तार संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जलयात्रा महोत्सवले सहयोग पुग्ने छ , उनले भने । नेपालका १६ वटा नदीमा जलयात्रा गर्न मिल्ने नाराले जनाएको छ ।
नाराका कोषाध्यक्ष शिशिर खनालले जलयात्रामा तीन सयदेखि चार सय आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने जानकारी दिए । उक्त महोत्सव सम्पन्न गर्न आठ लाखभन्दा बढी रकम खर्च हुने कोषाध्यक्ष खनालले बताए ।
जसमा टिकट एक हजार नौ सय ९९ रुपैयाँ, नेपाल पर्यटन बोर्डको सहयोग, विभिन्न कम्पनीको विज्ञापनबापतको रकम र बाँकी नाराले व्यहोर्ने गरी उक्त महोत्सव आयोजना गर्न लागिएको खनालको भनाइ छ । हाल नेपालमा र्याफ्टिङ व्यवसायमा एक सय हाराहारीमा कम्पनी आबद्ध छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६