मेघगर्जन गराउने बादलको प्रणाली पश्चिमबाट सर्दै काठमाडाैं आसपास पनि देखिएको माैसम विभागले जनाएकाे छ ।
विभागका अनुसार काठमाण्डौं आसपास पनि मेघगर्जन हावाहुरीसहित वर्षा भइरहेको र यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जाने छ। यसले पूर्व भेगमा पनि असर गर्ने बताइएकाे छ ।
हेर्नुहाेस् आगामी तीन दिनकाे माैसमी अनुमानः
जेठ २४ गते शुक्रबार
दिउँसो: देशका पूर्वी र मध्य भूभागमा सामान्य बदली रहने र पश्चिमी भूभागका आंशिक बदली रही पश्चिमी भूभागका थोरै स्थान र मध्य तथा पुर्वी भूभागका केही स्थानमा हावाहुरी मेघगर्जनसहित वर्षाको सम्भावना छ। देशका उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति: देशका पूर्वी र मध्य भूभागमा सामान्य बदली रहने र पश्चिमी भूभागका स्थानमा आंशिक बदली रही मध्य तथा पुर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोेरै स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ।
जेठ २५ गते शनिबार
दिउँसो: देशका पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रहने र पश्चिमी भूभागका स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पुर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा र मध्य तथा पुर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ २६ गते आइतबार

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६