एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई २ सय ८९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा अल आउट हुँदै २ सय ८ ८ रनमा समेटियो । अष्ट्रेलियाका लागि अलराउण्डर नाथन कुल्टर नाईलले तल्लोक्रममा उत्कृष्ट ब्याटिङगर्दै ९२ रनको महत्वपूर्ण योगदान दिए । कमजोर अवस्थामा पुगेको अष्टे«लियालाई बलियो लक्ष्य सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेको नाईलले ६० बलमा ८ चौका र ४ छक्का प्रहार गरे । ४९ ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा बाउन्डी लाईन नजिकै जोसन होल्डरले क्याच लिएपछि उनि आफ्नो करियरको पहिलो शतक बनाउन ८ रनले चुक्न पुगेका थिए ।
त्यस्तै पुर्व कप्तान स्टिभ स्मिथले ७३ रनको महत्वपूर्ण योगदान दिदै बलियो प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउन सफल भए । एक तर्फबाट निरन्तर विकेट गुम्दा स्मिथले अर्को तर्फबाट रन जोडी रहे । ओशन थोमसको ४४.२ ओभरमा बाउन्डी लाईनमा शिल्डन कोर्टेलले एक हातले अविश्वसिनय क्याच लिनु अघि स्मिथले १ सय ३ बलमा ७ चौका प्रहार गरे ।
कमजोर अवस्थामा पुगेको अष्टेलियालाई सातौ विकेटका लागि स्मिथ र नाईलले १ सय २ रनको शतकीय साझेदारी गरेसँगै बलियो अवस्थामा पुगेको थियो । वेस्ट इन्डिजका लागि कार्लोस बर्थवेटले सर्वाधिक ३ विकेट लिए । ओशन थोमस,शिल्डन कोर्टेल र आन्द्रे रसेलले समान २ विकेट लिए । कप्तान जोसन होल्डरको नाममा १ विकेट रह्यो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६