नेपालका लागि फरवार्ड अभिषेक रिजालले ६९औं मिनेटमा गोल गरेपछि चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले बराबरी नतिजा निकालेको छ।
पहिलो हाफमा १–० ले पछाडि परेको नेपालका लागि सन्तोष तामाङको फ्रि–किकलाई हेडमार्फत अभिषेकले गोलमा परिणत गरे।
पहिलो हाफमा नेपालमाथि हावी भएको घरेलु टोलीले ३९औं मिनेटमा वाङ चिन मिङको गोलबाट अग्रता लिएको थियो।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६