पर्सा : वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकबाट हुण्डी कारोबारमा संलग्न दुई जनालाई नगद २ लाख ९९ हजार ५ सय रुपैयाँ र मोबाइल २ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा सिमरा उपमहानगरपालिका-७ पहाडीटोल बस्ने २२ वर्षीय रोशन साह र भारत बिहार मोतिहारी बस्ने २२ वर्षीय सौरभ कुमार रहेका छन् ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारत रक्सौलबाट बीरगंजतर्फ आउँदै गरेका उनीहरूलाई स्रोत खुलाउन नसकेको उक्त नगद र हुण्डी कारोबार उल्लेख भएका दुई थान मोबाइल सहित फेला पारी पक्राउ जनाइएकाे छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६