वीरगञ्ज : नेपाल प्रेस युनियन पर्सा शाखाले दुई दिने लैङ्गिक समता र सुरक्षासम्बन्धी पत्रकारिता तालिम सुरु गरेको छ ।
महिलालाई पत्रकारिता क्षेत्रमा ल्याएर समाजप्रति उत्तरदायित्व बनाउने उद्देश्यले सञ्चालित सो तालिममा पर्सामा कार्यरत २० जना महिलाको सहभागिता छ ।
तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले तालिमले महिलाको दक्षता वृद्धि गरी समाजप्रति उत्तरदायित्व बनाउने बताए ।
नेपाल प्रेस युनियन पर्साका सभापति रामनारायण कुर्मीको सभापतित्वमा भएको सो तालिमको उद्घाटन समारोहमा सञ्चारकर्मी आरसी यादव, रितेश त्रिपाठी, पटेर्वासुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की, नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष श्याम बञ्जारे, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, प्रशिक्षक रिन्कु गायत्री मिश्राले महिलाको अवसर र अधिकारबारे धारणा राखेका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६