धादिङ : प्रहरीको खोजी सुचीमा रहेका गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन् । भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेकाे प्रहरीले जनाएकाे छ।
ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
उनको आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न छन् । धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको बताइन्छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६