काठमाडाैं : प्रहरीले हेटौँडा उपमहानगरपालिका–१ बाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटाैंडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार रहेको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले शङ्कास्पद रुपमा हिँडिरहेका परियारलाई जाँच गर्दा उनले लगाएको पाइन्टको खल्तीभित्र सुर्तीको प्याकेटमा लुकाई छिपाई राखेको लागुऔषध खैरो हेरोइन सात ग्राम बरामद गरेको हो ।
पक्राउ परेका परियारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६