काठमाडौं : नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदु उल फित्र’ का अवसरमा आज बुधबार सार्वजनिक बिदा दिएको छ ।
जेठ १० गते बसेको मन्त्रिपरिषद् बैठकले यस पर्वका दिन बिदा दिने निर्णयानुसार सो निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थाको सोमबार बसेको बैठकले सरकारसँग बुधबार सार्वजनिक बिदाको माग गरेको थियो । आयोगको सुझावलाई ध्यान दिँदै गृहमन्त्रालयले यो निर्णय गरेको हो ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६