काठमाडाैं : बुधबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पुर्वी भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि वा साँझतिर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हेर्नुहाेस् आगामी तीन दिनकाे माैसमी पूर्वानुमान :
जेठ २२ गते बुधबार
दिउँसो: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पुर्वी भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि वा साँझतिर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
राति: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पुर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ २३ गते बिहीबार
दिउँसो: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पुर्वी भूभागका केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशका पहाडी भेगका अधिकांश स्थानमा आंशिक बदली रही थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ २४ गते शुक्रबार
दिउँसो: देशका पूर्वी भूभागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमी भूभागका स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पुर्वी भूभागका केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी भूभागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमी पहाडी भूभागका स्थानमा आंशिक बदली रही मध्य तथा पुर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६