काठमाडाैं : नेपाल पत्रकार महासङ्घ र प्रेस सङ्गठन नेपालले पत्रकार गोविन्दप्रसाद शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ ।
आज महासङ्घका महासचिव रमेश विष्ट र सङ्गठनका संयोजक महेश्वर दाहालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै शर्माको निधनले नेपाली पत्रकारिता जगत्ले एउटा जुझारु, सक्रिय र युवा पत्रकार गुमाएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा मुलुकको कृषि पत्रकारिता क्षेत्रमा समेत विशेष योगदान पुर्याउँदै आएका शर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको विज्ञप्तिमा उल्लेख छ । यही जेठ १९ गते सानेपास्थित चक्रपथमा मोटरसाइकल र स्करपियो एकापसमा ठोक्किँदा उनको निधन भएको थियाे ।
कृषि टेलिभिजनका सञ्चालकसमेत रहेका उनी कृषि पत्रकार सङ्घ प्रतिष्ठानका अध्यक्षसमेत हुन् । उनका श्रीमती र एक तीन वर्षीय छोरा छन् ।
आजै पशुपति आर्यघाटमा शर्माको अत्येष्टि गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६