काठमाडाैं : देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ प्रहरीलाई पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा अफवाह फैलाएको अभियोगमा अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।
प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६