काठमाडाैं : जिल्ला अदालत काठमाडौंले सलमान खान अभिनित बलिउड चलचित्र ‘भारत’ लाई नेपालमा बुधबार नै रिलिज गर्न चलचित्र विकास बोर्डको नाममा अन्तरिम आदेश दिएको छ ।
अदालतको आदेशपछि अब बुधबार नै भारत नेपालमा रिलिज हुने भएको छ । यसअघि बोर्डले शुक्रबार मात्र रिलिज गर्न दिने बताउँदै आएको थियो । बोर्डको निर्णयविरुद्ध वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले रिट दायर गरेको थियो ।
अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई सचेत गराएकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६