काठमाडौं : कैलालीमा शिकारीले गोली हानेर एक चित्तल मारेका छन्। जिल्लाको बर्दागोरिया गाँउपालिका वडा नम्बर ३ को लालीगुराँस सामुदायिक वनमा शिकारीको गोली लागरे मृत अवस्थामा स्थानीयले चितल फेला पारेका हुन्।
सामुदायिक वनमा बन्दुक पड्केको आवाज सुनेपछि साइनिङ्ग स्टार युवा क्लबका पदाधिकारी, स्थानीय र वनका पदाधिकारीको गस्ती टोलीले चित्तल भेटाएको थियो।
स्थानीयले रामपुर रेन्जर पोष्टबाट खटिएका कर्मचारीलाई चित्तल बुझाएका थिए। चित्तललाई खाल्डोमा गाडेको वन अधिकृत दिलिप यादवले जानकारी दिए। स्थानीयले वनबाट भरुवा बन्दुक समेत बरामद गरेका छन्। l प्रहरीले चित्तल मार्ने शिकारीकाे खाेजिनिती भइरहेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६