साेमबारदेखि सम्पर्कविहीन भएको भारतीय वायुसेनाको विमानबारे अहिलेसम्म पनि केही पत्ता लाग्न सकेकाे छैन ।
चालकदलका सहित १३ जना लिएर असामको जोरहाटबाट अरुणाचल प्रदेशका लागि उडेको विमान केहीबेरमै सम्पर्कविहीन भएको थियाे ।
दिउँसो १२ बजेर २५ मिनेटमा उडेको विमान दिउँसो १ बजेदेखि सम्पर्कबिहीन भएको हो । त्यसपछि विमानसँग सम्पर्क स्थापित हुन नसकेको भारतीय संचारमाध्यामले जनाएका छन् । एएन ३२ विमानमा चालकदलका ८ र ५ जना यात्रु सवार रहेका थिए ।
विमानको खोजीका लागि उपलब्ध सबै साधन स्रोत परिचालन गरिएको छ । यद्यपि विमानको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन । विमान चीनको सीमा क्षेत्रमा हराएको आशंका गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६