परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘शीतविन्दु’द्वारा परिकल्पित तथा लिखित गीतिनाटक ‘नेपाल–गाथा’ साेमबार नाचघर जमलमा मञ्चन गरिएको छ ।
सांस्कृतिक संस्थानको आयोजनामा भएको गीतिनाटकमा रामापिथेकसदेखि आजसम्म नेपालको इतिहास कसरी बन्यो भन्ने विषय छ ।
नाटकमा रामापिथेकसदेखि गोपाल वंश, महिषपाल वंश, किरातकाल, लिच्छविकाल, मल्लकाल, शाहकाल, राणाकाल, राणाकालको अन्त्यका लागि नदीमा हाम फालेर योगमायाले गरेको जलसमाधिसम्मका विषय छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले नाटक हेरेका छन् ।
हेराैं राससले लिएका केही तस्बिरः
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६