काठमाडाैं : मंगलबार देशैभरि आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भागमा हावाहुरी, मेघगर्जनसहित वर्षाको सम्भावना रहेकाे मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
विभागका अनुसार आज राति पनिदेशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
हेर्नुहाेस् आगामी तीन दिनकाे माैसमी पूर्वानुमान :
जेठ २१ गते मंगलबार
दिउँसो: देशैभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका थोरै स्थानमा र मध्य तथा पूर्वी भूभागका केही स्थानमा हावाहुरी, मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ २२ गते बुधबार
दिउँसो: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थान र मध्य तथा पुर्वी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ २३ गते बिहीबार
दिउँसो: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थान र मध्य तथा पुर्वी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पुर्वी भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६