सोलुखुम्वु महाकुलुङ गाउँपालिका–३ स्थित प्रहरी चौकीमा हतियारधारी समुहले आक्रमण गरेपछि प्रहरीहरुले चौकी छोडेका छन् । गएराती चौकीमा आक्रमणको प्रयास भएपछि चौकीमा रहेका सवै प्रहरी सुरक्षित स्थानतर्फ भागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमणको प्रयास गरेको प्रहरीको दावी छ ।
मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लब माओबादीका कार्यकर्ता चौकी पुगेको भएपनि त्यसअघि नै त्यहाँ कार्यरत प्रहरी हतियार सहित बाहिरीसकेकाले कब्जाको रणनिति असफल भएको उच्च स्रोतले जनाएको छ ।
माओबादी कार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियार सहित सुरक्षित स्थानमा गएका थिए । प्रहरी र माओबादी कार्यकर्ताबीच भेट नभएको भएपनि मध्यान्न १२ बजेदेखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताईएको छ ।
महाकुलुङ क्षेत्रमा केही दिनदेखि विद्युत नभका कारण नेपाल टेलिकमद्वारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ ।
यस विषयमा जिल्ला सुरक्षा समितिसँग जानकारी लिन खोज्दा केही नभएकाे भन्दै सूचना लुकाएकाे पाइयो । जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग सूचना माग्दा केही भएकाे होइन, हल्ला मात्रै हाे भनेर फोन राखिदिए ।
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६