काठमाडाैं : दाङको लमही नगरपालिका –९ रिहारमा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार चितवनको नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस दुर्घटना भएको हो । राति करिब १२ बजेतिर बस दुर्घटना भएको थियो । रिहार नजिकैको जंगलमा यात्रुले पिसाब गर्ने भनेपछि रोकिराखेको बस आफैं गुडेर सडकबाट १५ मिटर तल खसेको थियाे ।
घाइतेहरुको लमहीमा उपचार भइरहेको र गम्भीर घाइतेहरुलाई नेपालगञ्ज रिफर गरिएको छ । गम्भीर घाइते हुनेमा कैलालीको टिकापुर–८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलालीकै लम्किचुहा–६ बस्ने ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अमरगढी २ बस्ने ५० वर्षीय गोपाल सार्की छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६