काठमाडौं : न्याय परिषद्ले शैक्षिक प्रमाणपत्रमा विवाद देखिएका तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
न्याय परिषद्को यही जेठ १४ बसेको बैठकले न्यायाधीश उपाध्यायविरुद्ध परिषद्ले मुद्दा दायर गर्ने निर्णय गरेको थियो । सोहीअनुसार उनको शैक्षिक प्रमाणपत्र विवाद आएपछि आइतबार मुद्दा दायर गरिएको हो ।
तनहुँ जिल्ला अदालतका कार्यरत रहँदा शैक्षिक प्रमाणपत्र विवाद आएपछि परिषद्मा काजमा तानिएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६